दफा २२
विपद् व्यवस्थापन कोष
: (१) विपद् व्यवस्थापनका लागि केन्द्रीयस्तरमा एउटा छुट्टै विपद् व्यवस्थापन कोष रहनेछ ।
(२) कोषमा देहाय बमोजिमका रकमहरू रहने छन्:-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै सङ्घ संस्था वा व्यक्तिबाट दान, दातव्य वा उपहार स्वरुप प्राप्त रकम,
(ग) विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट सहयोग, अनुदान वा ऋण स्वरुप प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(५) कोषको रकम विपद् व्यवस्थापन सम्बन्धी कामका लागि प्रयोग गरिनेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषको रकम नियमित प्रशासनिक कार्यको लागि खर्च गरिने छैन ।
(७) कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(८) प्राधिकरणले कोषको वार्षिक आय व्ययको प्रतिवदेन तयार गरी कार्यकारी समिति समक्ष पेश गर्नेछ ।